वर्षौँदेखि सिँचाइ योजना अलपत्र, पाइप व्यक्तिको घरमा
गुल्मीको धुर्कोट गाउँपालिकास्थित पिलधारामा वर्षौँ अघि सुरु गरिएको सिँचाइ योजना अलपत्र परेको छ । गाउँपालिकाको वडा नम्वर २ पिपलधाराको बन्ज्याङ्ग सिँचाइ योजना अलपत्र परेको हो । साविक पिपलधारा गाविस वडा नम्वर ३ को बन्ज्याङ्ग गाउँका झण्डै सय घरधुरी जनताका लागि २०७०/०७१ सालतिर तत्कालिन सामुदायिक खानेपानी तथा सरसफाई आयोजनाबाट त्यस गाउँका खिमबहादुर महतलले योजना पारेर झण्डै ३० लाख मूल्य बराबरको पाइप आफ्नो घरमा झारेका थिए ।
सिँचाईसँगै गाउँको खानेपानी समस्या समत समधान गर्ने उद्देश्यका साथ उक्त योजना पारिए पनि हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी पुरानै खोला नालाको पानी पिउन बाध्य छन् । अहिलेसम्म पनि पाइप महतकै घरमा गोदाम बनाएर राखिएको छ ।
धुर्कोट गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शिवबहादुर खत्रीले वर्षौँदेखि पाइप व्यक्तिको घरमा खेर गइरहेको प्रति ध्यान पुगेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा पुगेर बुझ्दा केही विवरण फेला पार्न नसकिएको बताए ।
अब हामी खानेपानी डिभिजन कार्यालयसँग सहकार्य गरेर उक्त पाइप सोही गाउँमा सदुपयोग हुने गरी योजना पारिने उनले बताए । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेले उक्त पाइपहरु के गर्ने भन्ने विषयमा स्थानीयसँग र त्यस वडाका अध्यक्ष लगायत सँग छलफल गरेर टुङ्गो लगाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण