बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लोेटरी परेको छ भन्दै ‘फेक कल’ गरेर ठगी  गर्ने गिरोह पक्राउ

शनिबार, ०१ कात्तिक २०७७, ११ : ४९
शनिबार, ०१ कात्तिक २०७७

दाङ प्रहरीले भारतमा लोटरी परेको छ भन्दै ‘फेक कल’ गरेर दुइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिकाका दुई जना महिलाको ६३ हजार रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तमा ती दुई जना महिलालाई लोटरी परेको र ट्याक्स तिनुपर्छ भन्दै पटक पटक ईमो, भाइबरलगायतबाट फोन गरेर आईएमईमा पैसा राख्न लगाएको उजुरी परेपछि रौतहट र पर्सा जिल्लाका ३ जनालाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा रौतहट सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीया रहेका छन् ।

 दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीसँग समन्वय गरेर पक्राउ गरी दाङ ल्याएको डिएसपी खड्काले बताए । प्रहरीले लोटरीका विषयमा कतैबाट फोन आए तत्काल प्रहरीमा खबर गर्न अपिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप