कंगना रनौटमाथि अदालतको आदेशमा मुद्दा दर्ता
बलिउड नायिका कंगना रनौटविरुद्ध अर्को एउटा एफआईआर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको थियो । उनकी बहिनी रंगोलीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । चार दिनअघि मात्रै कंगनाविरुद्ध तुमकुर (कर्नाटक) मा एफआईआर दर्ता भएको थियो । उनीमाथि किसानविरुद्ध अपमान गरेको आरोप लागेको थियो ।
ताजा मामिलामा पिटिशनरले के भने ?
साहिल अशरफ अली सैयदले आफ्नो अर्जीमा भने, ‘कंगना रनोट पछिल्लो केही महिनादेखि लगातार बलिउडको नेपोटिजम र फेभरेटिज्मको हब बताएर यसको अपमान गरिरहेकी छिन् । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट ट्वीट गरेर र टिभी अन्तरवार्तामार्फत् उनी हिन्दू र मुस्लिम कलाकारबीच फाटो पारिरहेकी छिन् ।’
‘उनले असाध्यै आपत्तिजनक ट्वीट गरेकी छिन्, धार्मिक भावनालाई मात्रै होइन, इन्डष्ट्रिका थुप्रै साथीभाइको भावनामाथि पनि आहत गरेका छन् ।’ साहिलले प्रमाणको रुपमा कंगनाका थुप्रै ट्वीट अदालतसमक्ष पेश गरेका छन् ।’
प्रमाण भेटिए कंगनाको गिरफ्तारी हुनसक्छः
बान्द्राको मेट्रोपोलिटन मजिस्ट्रेट जयदेव वाय घुलेले कंगनाविरुद्ध एफआईआर दर्ता गरेर अनुसन्धानको आदेश दिएका छन् । कंगनासँग सोधपुछ गर्न सकिनेछ र यदि उनीविरुद्ध प्रमाण भेटिए, उनी पक्राउ पर्न सक्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण