बर्दिया राष्ट्रिय निकुञ्जमा सफारी खुला
बर्दिया । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्जक्षेत्र पूर्णरुपमा बन्द गरिएकामा आजदेखि खुला गरिएका कारण ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ ।
निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जङ्गल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको छ । सवारी साधनबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथप्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले बताए ।
यस क्षेत्रमा पर्यटकलाई लक्षित २९सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा रू। तीन अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण