दशैं–तिहारमा शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार योजना
बुटवल । नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न उपहार योजना ल्याएको छ । ‘यसपालीको दशै तिहारलाई डिजिटल बनाऔं, स्मार्ट बनौं’ नाराका साथ बैंकले नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलोपटक रजिष्टर भई मोबाइल बैकिङ्ग एपबाट कारोबार गर्ने दुई भाग्यशाली ग्राहकहरुलाई १/१ थान स्मार्ट फोन प्रदान गर्ने भएको छ । यस्तै शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने ५ जना भाग्यशाली ग्राहकहरुलाई १÷१ थान स्मार्ट फोन प्रदान गरिने छ ।
यी दुबै उपहार योजना कार्तिक १ देखि मंसिर ५ सम्म लागू हुने बैंकको प्रधान कार्यालयकी चिफ अपरेसन अफिसर नम्रता थापाले जानकारी दिइन् । यस्तै दशै टिका विशेष उपहार योजना अन्तर्गत टिकाको दिन शाइन रेसुङ्गा बैंकको मोबाइल एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने १ जना भाग्यशाली ग्राहकलाई १ थान स्मार्ट फोन कार्तिक १० गते प्रदान गरिने योजना रहेको चिफ अपरेसन अफिसर थापाले जानकारी दिइन् । यी सबै उपहार योजनामा बैंकका ६९ वटा शाखाका ४ लाख बढी ग्राहक सहभागी हुन पाउने र गोलाप्रथाबाट भाग्यशालीले उपहार प्राप्त गर्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण