नविल बैंकको त्यो भिडियो जसले छोयो नेपालीको मन
काठमाडौं । कहिलेकाहीँ यस्तो पनि भइदिन्छ कि सामान्य सोचका साथ गरिएको कार्यले नसोचेको उपलब्धि हात लाग्छ । अनि त्यहीँ उपलब्धिले वर्षौ वर्षसम्म हासिल गर्न नसकिएकोे सफलता एकैपटक प्राप्त गर्न सकिन्छ । हो, त्यहि नसोचेको उपलब्धि अहिले नबिल बैंकले प्राप्त गर्दैछ ।
कोभिड–१९ को तिब्र संक्रमणकै बीच दशैं–तिहारलाई लिएर बैंकले डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी आफ्नो कार्डको विज्ञापनमुलक भिडियो बनाएको थियो । सो भिडियोलाई आम दर्शकले कोभिड–१९ को महामारीको सम्बन्धमा बनाइएको चेतनामुलक भिडियोको रुपमा बुझ्दा निकै लोकप्रिय बनेको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।
व्यवसायिक प्रयोजनका लागि बनाइएको सो भिडियोमा रहेको चेतनामुलक सन्देश नै भाइरल भएपछि बैंकका आधिकारीहरु समेत दंग परेका छन् । ‘हामीलाई यतिसम्म होला भन्ने लागेको थिएन । तर भिडियो भाइरल भइदियो । जुन भिडियोलाई लिएर अहिले सर्वसाधारणबाट राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । यसले हामीलाई थप उत्साहित बनाएको छ’ बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले भने ।
हेर्नुहोस् यस्तो भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण