बिरामी भेट्न अस्पताल पुगे राजदूत ढकाल
यूएई । विभिन्न रोगका कारण उपचार गराइ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल आइतबार दुबईको रसिद अस्पताल पुगेका छन्। राजदूत ढकालसँगै श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान पनि त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिन दुबईको रसिद अस्पतालको पुगेका थिए।
राजदूत ढकालको नेतृत्व टोलीले रसिद अस्पतालका डाइरेक्टर डा.फहद बस्लिब र चिकित्सकहरूसँग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। उनले उपचारमा दिनरात खटिने चिकित्सकहरुलाई समेत विशेष धन्यवाद दिए ।

राजदूत ढकालले अस्पतालमा उपचाररत नेपाली बिरामीलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवश्यक पर्ने सुविधा उपलब्ध गराउने बताए । ‘चाँडै निको हुनुहुन्छ, अब चिन्ता लिनु पर्दैन हामी हेर्छौं, सरकारले सहयोग गर्छ’ बिरामीसँग राजदूतले भने ।
उनले बिरामी नेपालीहरुलाई आवश्यकता पर्ने यात्रा अनुमतिपत्र, लगायत अन्य कागजात र रोजगार कम्पनीसँगको समन्वयमा निःशुल्क हवाई टिकट उपलब्ध गराउन पहल गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण