बिरामी भेट्न अस्पताल पुगे राजदूत ढकाल

यूएई । विभिन्न रोगका कारण उपचार गराइ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल आइतबार दुबईको रसिद अस्पताल पुगेका छन्। राजदूत ढकालसँगै श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान पनि त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिन दुबईको रसिद अस्पतालको पुगेका थिए।
राजदूत ढकालको नेतृत्व टोलीले रसिद अस्पतालका डाइरेक्टर डा.फहद बस्लिब र चिकित्सकहरूसँग भेट गरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। उनले उपचारमा दिनरात खटिने चिकित्सकहरुलाई समेत विशेष धन्यवाद दिए ।
राजदूत ढकालले अस्पतालमा उपचाररत नेपाली बिरामीलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवश्यक पर्ने सुविधा उपलब्ध गराउने बताए । ‘चाँडै निको हुनुहुन्छ, अब चिन्ता लिनु पर्दैन हामी हेर्छौं, सरकारले सहयोग गर्छ’ बिरामीसँग राजदूतले भने ।
उनले बिरामी नेपालीहरुलाई आवश्यकता पर्ने यात्रा अनुमतिपत्र, लगायत अन्य कागजात र रोजगार कम्पनीसँगको समन्वयमा निःशुल्क हवाई टिकट उपलब्ध गराउन पहल गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश