दाङमा नक्कली नोटसहित तीन जना पक्राउ
सोमबार, ०३ कात्तिक २०७७, ११ : २५
दाङ प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । पक्राउ परेका ती तीन जना बाँकेको कोहलपुरदेखि दाङको अमिलियातर्फ आइरहेको गोप्य सूचनाको आधारमा नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।
अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको छ । इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्ती मगरले भने, ‘उनीहरुको ठग्ने उद्देश्य देखिन्छ, बाहिरी भागमा डलर र भित्र कागज जस्तो देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण