पेटमा हुने ग्यास र भारीपनको समस्याबाट छुटकारा पाउन के गर्ने ?
एजेन्सी – धेरैजसो मानिसहरु पेटमा हुने ग्यास र भारीपनको समस्याबाट गुज्रिरहेका हुन्छन् । पेटमा ग्यास भरिएपछि भारीपन हुने समस्या हुन्छ । जसको कारण दैनिक जीवनयापनमा निकै कठिनाई हुन्छ । त्यसैले कहिले काँही जीवनशैलीमा परिवर्तन गर्दा ग्यासको समस्या कम हुन्छ ।
खानामा नियन्त्रण
सामान्यताः हामी जुन कुनै खाना पनि जुनकुनै समयमा खानको लागि तयार हुन्छौँ । जसले निकट भविष्यमा नै निकै नकारात्मक परिणाम दिन्छ । त्यति मात्र होइन कहिलेकाँही फरक–फरक खानेकुरा खाँदा पनि पेटमा ग्यास भरिने समस्या हुन्छ । यसबाट छुटकारा पाउनका लागि खाने पिउने समयमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।
प्रायः मानिसहरु घरबाहिर हुँदा फास्ट–फुड खाने गर्छन् । जसको कारण तेलमा पाकेको खानेकुराको प्रयोग धेरै गरिन्छ । जसको कारण पेटमा ग्यास बढ्नु स्वाभाविक हुन्छ । त्यसैले हामीले खाना खाने समयमा पनि काबु गर्नुपर्ने हुन्छ ।
चपाएर खाना खाने
धेरै जसो व्यक्तिहरु छिट्टो छिट्टो खाना खाने र नचपाइ निल्ने गर्छन् । जसको कारण खाएको खाना पेटमा पच्न निकै लामो समय लाग्छ । र ग्यास बढ्छ । त्यसैले खाना खाँदा चपाई चपाई खाने गर्नुपर्छ जसले रसायनसँग घोलिएर खाना सजिल्यै पच्छ ।
धुम्रपान
धेरै मान्छेलाई धुम्रपानका कारण पेटमा ग्यास भरिने समस्या पैदा हुन्छ । धुम्रपान गर्ने समयमा एक्सेस एयर पेटमा लिन्छन् । जसको कारण पेटमा खाना पच्न निकै लामो समय लाग्छ । त्यसैले ग्यासको समस्या कम गर्नका लागि धुम्रपान गर्ने बानी छोड्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण