अभिनेता महेश बाबुले दिए बाढीपीडितलाई एक करोड
मुम्बई । साउथ सुपरस्टार महेश बाबुले पाढी पिडितका लागि भारतीय एक करोड रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण तेलंगाना राज्यको जनजिवन प्रभावित भएपछि उनले सो सहयोग प्रदान गरेका हुन् ।
महेशले तेलंगानाको चिफ मिनिस्टर फन्डमा सहयोगको एक करोड जम्मा गराएका हुन् । जसको जानकारी उनले आफ्नो अफिसियल ट्वीटर एकाउन्ट मार्फत गराएका छन् । उनले सबैलाई बढी पीडितको सहयोग गर्न आग्रह समेत गरेका छन् ।
Contributing ₹1 crore towards the CM relief fund of Telangana. I urge all of you to come forward and donate towards the cause. Let's stand by our people during these difficult times.🙏🏻 @TelanganaCMO @KTRTRS
— Mahesh Babu (@urstrulyMahesh) October 20, 2020
यस अगाडि पनि महेशले कोरोना भाइरस महामारीका लागि चिफ मिनिस्टर फन्डमा एक करोड रुपैयाँको समेत दान दिएका थिए । महेश फिल्म ‘सरकरु वैरी पाटा’मा कीर्ति सुरेशका साथ देखिदै छन् । फिल्मका निर्देशक परशुराम रहेका छन् ।
त्यस्तै, बालाकृष्णा, नागार्जुना र जुनियर एनटिआरले पनि ५०–५० लाख रुपैयाँ सहयोग गरेका छन् । गत हप्ता भएको भारी वर्षाका कारण तेलंगानामा ५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण