‘शेरनी’को सुटिङमा फर्किन् विद्या
बिहीबार, ०६ कात्तिक २०७७, ११ : ००
मुम्बई । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री विद्या बालनले फिल्म शेरनीको सुटिङ सुरु गरेकी छन् । कोरोना महामारीका कारण गत मार्चमा रोकिएको फिल्मको सुटिङ अहिले फिल्मको सुटिङ मध्य प्रदेशमा सुरु गरिएको हो ।
आवश्यक सुरक्षा सावधानीका साथ फिल्मको सुटिङ सुरु भएको हो । अमित मसुरकर निर्देशक रहेको फिल्ममा विद्या बन अधिकारीको भूमिकामा देखिँदैछिन् । फिल्मको सुटिङ मध्य प्रदेशको घना जंगलमा थालिएको छ ।
बिद्या हालै फिल्म ‘शकुन्तला देवी’मा देखिएकी थिइन् । कोरोनाको कहरका कारण राज्यले गरेको लकडाउनले फिल्म डिजिटल प्लेटफर्ममा मात्र रिलिज भएको थियो ।
दमदार अभिनयको बलमा फिल्म क्षेत्रमा फरक पहिचान बनाउन बिद्या पर्दामा हमेशा फरक–फरक भूमिकामा देखिने गर्दछिन् । उनको भूमिका दर्शकले रुचाएका पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण