सवारी चाप घटाउन पुण्यमाता खोलाको दायाँबायाँ करिडोर
सवारी चाप कम गर्न काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती नगरमा पुण्यमाता करिडोर निर्माण प्रक्रिया थालिएको छ । ठूला तथा मालबाहक सवारीलाई वैकल्पिक मार्ग (करिडोर)बाट आवतजावत गराई सवारी चाप तथा शहरको प्रदूषण न्यूनीकरण गर्दै जाने उद्देश्य लिइएको छ ।
ती तीन नगर भएर बग्ने पुण्यमाता खोलाको दायाँबायाँ करिडोर निर्माण हुने भएको हो । यसका लागि बहुवर्षीय आयोेजना करिडोर निर्माणका लागि खोलाको सीमाङ्कनको काम शुरु भएको छ । खोलाको सिमानाबाट दाँयाबायाँ १५÷१५ मिटरको सडक निर्माण गर्ने योजना छ । करिडोरले विशेषगरी जिल्लाको व्यापारिक नगरी बनेपा, पर्यटकीय नगर धुलिखेल र सांस्कृतिक नगरी पनौतीमा हुने सवारी चाप कम गर्ने तथा शहरको प्रदूषण न्यूनीकरण गर्दै सुन्दरता बढाउन मद्दत पुग्नेछ ।
“करिडोर निर्माणपछि बनेपाको सौन्दर्य बढ्नेछ भने सडक दुर्घटना न्यूनीकरण हुँदै जान्छ”, बनेपाका नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भन्नुभयो । करिडोर निर्माणपछि अरनिको राजमार्ग भएर चल्ने मालबाहक तथा ठूला सवारी साधन करिडोरको बाटामा गुड््ने भएकाले शहरमा धुलो, धुवाँ र ध्वनि प्रदूषण कम हुने उनी बताउँछन् । करिडोर निर्माणपछि वर्षा याममा पुण्यमाता खोलामा आउने बाढीले तीन नगरमा पु¥याउने क्षतिसमेत कम हुनेछ ।
प्रमुख वादेले करिडोर निर्माण सम्पन्नपछि अरनिको राजमार्ग दायाँबायाँका विभिन्न थोक पसलसमेत करिडोर क्षेत्रमा सर्ने बताए । उनका अनुसार करिडोर निर्माणमा रु ७५ करोडको लागत अनुमान गरिएको छ । करिडोर निर्माणका लागि शहरी विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०७७/०७८ का लागि रु १५ करोड बजेट विनियोजन भएको छ ।
पनौती नगरभित्रको करिडोर निर्माणको काम दुई चरणमा हुने सम्झौता भएको छ । पनौती नगरपालिका–६ स्थित झोलुङ्गे पुलदेखि दुधमिलसम्मको एकतर्फी र दूधमिलदेखि ढलमलेसम्मको खोलाको दाँयाबायाँ खोलाको सिमानाबाट १५/१५ मिटरको सडक निर्माण हुने योजना छ । पहिलो चरणको कामका लागि शहरी विकास मन्त्रालय र नगरको रु पाँच करोड साझेदारी र दोस्रो चरणको कामका लागि नगरको आन्तरिक स्रोतबाट रु १५ करोड बजेट विनियोजन गरिएको पनौती नगरप्रमुख भीमप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, “अर्को वर्ष माघमा पनौतीमा लाग्ने १२ वर्षे मकर मेलाका लागि पनि करिडोरले निकै राहत पुग्नेछ ।” नगरले गत वर्ष खोला किनारमा डेढ किलोमिटर सडकमा साइड क्लियरन्स गरेर टेको पर्खाल निर्माण गरिसकेको छ ।
करिडोरको केही समयअघि पूर्वमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले शिलान्यास गरेका थिए । “करिडोरको काम निरन्तर हुनेछ, सबैको साझा समस्या हल हुने करिडोर निर्माणको काममा कोही कसैले कुनै बहानामा अवरोध पु¥याउन हुन्न”, बाँस्कोटाले भनेका थिए । उनका अनुसार मन्त्रालयको बजेटमा करिडोरको काम तीन चरणमा सम्पन्न हुनेछ । हाल नालादेखि बनेपाको अरनिको राजमार्गको पुण्यमाता पुलसम्मको कामका लागि रु पाँच करोड, पुण्यमाता पुलदेखि श्रीखण्डपुरसम्म रु पाँच करोड र श्रीखण्डपुरदेखि पनौतीसम्मको करिडोरको साइड क्लियरन्स योजनामा रु पाँच करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण