काजल अग्रवालले गरिन् गौतम किचलुसँग विवाह, पहिलो तस्बिर बाहिरियो
शनिबार, १५ कात्तिक २०७७, ०९ : ०६
एजेन्सी – अभिनेत्री काजल अग्रवालले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरिन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् ।
सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ ।
उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् । शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् ।
यही महिनाको शुरुवातमा व्यवसायी गौतम किचलुसँग विवाहको बारेमा खुलासा गरेकी छिन् । काजलका मेहेन्दी र ब्याचलर पार्टीको तस्बिरहरु पनि सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण