बालुवाटारमा ओली र प्रचण्डबीच छलफल, के–के भयो कुराकानी ?
काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो । यसअघि दुई अध्यक्षबीच कात्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो ।
पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव लगायतका विषयमा प्रचण्ड ओलीसँग रिसाएका थिए । त्यसपछि ओली निकटका नेताहरु सन्देश लिएर पटक–पटक खुमलटार पुगेपनि प्रचण्डले छलफलका लागि बस्न मानेका थिएनन् ।
गत बुधबार ओली टिकट महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसपछि ओली निकटका नेताहरुले लगातार प्रचण्डसँग भेट गरिरहेका छन् । बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए । शनिबार बालुवाटार जानुअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण