चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी
काठमाडौँ – देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।
केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।
अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ ।
कोरोनाका कारण अस्पताल भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा रहन्छ । कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर जाने र पछि अन्य जटिलता निम्तिएर मानिसको मृत्यु भइरहेको छ ।
वीर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा उपचारपछि डिस्चार्ज भएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृत्यु भएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको बताउँछन् । उनले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्न नहुने सल्लाह दिन्छन् । डा. सुवेदीले कोरोनाबाट सबै उमेर समूहका मानिस उत्तिकै खतरामा छन् ।
अझ सतर्क...
त्यसमा पनि बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दम लगायतका दीर्घरोगीलाई झनै खतरा रहेको जानकारी डा. सुवेदीले दिए ।
सरुवा रोग विशेषज्ञ डा. सुवेदीले दीर्घरोगीहरूले कोरोनासँग अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै विशेषगरी बस चालक, पसले, विभिन्न अफिस सञ्चालन गर्ने व्यक्तिहरूसमेत बढी जोखिममा रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण