प्रचण्डलाई बाबुरामको आग्रह: प्रधानमन्त्री ओली कूबाटोमा छन्, उनीसँग सती नजानु
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले घुमाउरो पारामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सती नजान सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेको भन्दै प्रचण्डलाई ओलीसँगै सती नजान सुझाएका हुन् । सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री ओली आफ्नो कूबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न गरेका छन् ।
प्रचण्डलगायत नेकपा नेता–कार्यककर्तालाई भट्टराईले समाजवादको बाटो बनाउन विद्रोह गर्न आग्रह समेत गरेका छन् । ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ?’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण