बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हुण्डीको एक करोड रुपैयाँसहित ३ जना काठमाडौँबाट पक्राउ

मङ्गलबार, १८ कात्तिक २०७७, ०८ : ३८
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौँ । हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप