मजदुरी गरेर पेट पाल्दै आएका एक वृद्ध मृत भेटिए
मङ्गलबार, १८ कात्तिक २०७७, ०९ : ४४
जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् ।
मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक धर्मानन्द जोशीले जानकारी दिए ।
घरपरिवारका सदस्यसमेत कोही पनि नभएका मृतक साउदको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ ।
साउदको मृत्युको कारण नखुलेको भए पनि उनी नियमित मदिरा सेवन गर्ने भएकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको अभिव्यक्तिमा सांसद शर्माको नियमापत्ति
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण