शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

गृहमन्त्रीको अभिव्यक्तिमा सांसद शर्माको नियमापत्ति

शुक्रबार, २६ असार २०८३, १६ : १६
शुक्रबार, २६ असार २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले सांसदहरूले घाटी सुक्ने गरी चिच्याएर सरकारको विरोध गरेको बताएपछि नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन्।
  • सांसद शर्माले गृहमन्त्रीको भनाइले सांसदहरूको अपमान हुने भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले संसद्‌मा दिएकाे अभिव्यक्तिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले नियमापत्ति जनाएका छन्। 

गृहमन्त्री गुरुङले शुक्रबार प्रतिनिधि सभामा धारणा राख्ने क्रममा सांसदहरूले घाटी सुक्ने गरी चिच्याएर सरकारको विरोध गरेको बताएका थिए। शर्माले त्यही विषयमा नियमापत्ति गरेका हुन्। 

‘सदनमा सांसद बोल्दा घाटी सुक्ने गरी चिच्याएको भन्न पाइँदैन । सांसदहरूको अपमान गर्न पाइँदैन । उहाँको त्यो भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दछु,’ सांसद शर्माले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप