‘मेहन्दी’ का अभिनेता फराज खानको निधन
मुम्बई । अभिनेता फराज खानको निधन भएको छ । ४६ बर्षका खान लामो समयदेखि अस्पतालमा उपचारर्थ रहेका थिए । उनलाई न्युरोलोजिकल डिसअडरका कारण भेन्टिलेटरमा राखिएको थियो । समाचारका अनुसार उनलाई गत वर्षदेखि लगातार खोकी र शरीरमा इन्फेक्शन समेत रहेको थियो । खानको निधनले बलिउड फिल्म उद्योग शोकमा डुबेको छ ।
अभिनेत्री पूजा भट्टले उनको निधनमा शोक ब्यक्त गरेकी छिन् । पूजाले केही दिन पहिले उनलाई मद्दत समेत गरेकी थिइन् । अभिनेता सलमान खान पनि उनको मद्दतका लागि अगाडि सरेका थिए । सलमानले अस्पतालको खर्च ब्यहोरेका थिए ।
फराज खान ९० को दशकको अत्य र २००० को शुरुवातको समय इन्ड्रट्रिजमा निकै सक्रिय थिए । उनले ‘फरेब’, ‘पृथ्बी’, ‘मेहन्दी’, ‘दुल्हन बनु मै तेरी’, ‘दलिले फिर याद किया’, ‘चाँद बुझ गया’ जस्ता सुपरहिट फिल्मका काम गरेका छन् । फिल्मको अलवा फराजले टिभी शोमा पनि काम गरेका छन् । उनले ‘लिपस्टिक’, ‘सिन्दुर तेरे नामका’, ‘नीली आँखे’ जस्तो टिभी शोमा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण