आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
सारांश
- सरकारले नेपाल आयल निगमका कर्मचारीले पाउँदै आएको ओभरटाइम भत्तामा कटौती गरेको छ।
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि तयार गरिएको विनियमावलीमार्फत नयाँ व्यवस्था लागू गरिएको हो।
- यसअघि निगमका कर्मचारीमा ओभरटाइम भत्ताका नाममा बेतिथि रहेको बताइएको छ ।
काठमाडौँ । सरकारले नेपाल आयल निगमका कर्मचारीले पाउँदै आएको ओभरटाइम भत्तामा कटौती गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि तयार गरिएको ‘नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियमावली, २०८३’ मार्फत नयाँ व्यवस्था लागू गरिएको हो।
नयाँ व्यवस्थाअनुसार २४सै घण्टा सञ्चालन हुने तथा हवाई इन्धन डिस्पेन्सर, इन्धन डिपो र पाइपलाइनजस्ता प्राविधिक क्षेत्रमा प्रत्यक्ष खटिने कर्मचारीले मात्र अतिरिक्त समय काम गरेबापत ओभरटाइम भत्ता पाउनेछन्। अन्य प्रशासनिक तथा गैरप्राविधिक कर्मचारीलाई भने ओभरटाइम भत्ता नदिइने व्यवस्था गरिएको छ।
यस्तै अतिरिक्त समयमा काम लगाउँदा स्पष्ट आवश्यकता, कार्यबोझ र औचित्य पुष्टि हुनुपर्ने तथा अधिकारप्राप्त अधिकारीको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।
सरकारले ओभरटाइमका नाममा हुने अनावश्यक खर्च नियन्त्रण गरी सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ। यसअघि निगमका कर्मचारीमा ओभरटाइम भत्ताका नाममा बेतिथि रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण