शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल नामअघि विशेषण जोड्नु आवश्यक थिएनः कमल थापा

शुक्रबार, २१ कात्तिक २०७७, १३ : ५७
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’अगाडी विशेषण जोड्न आवश्यक नभएको भनि टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘संघियता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडी बिशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ ।’  उनले भनेका छन्– ‘नाम अगाडी रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप