ओलीलाई भेट्न प्रचण्डसहितका ५ नेता बालुवाटार जाने
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको हो । त्यसका लागि शनिबार (भोलि) बिहान अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहितको टोली बालुवाटार जाने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीलाई भेट्न आज बैठकमा उपस्थित पाँचैजना पदाधिकारी जाने निर्णय भएको उनले बताए ।
प्रवक्ता श्रेष्ठले आजको बैठक पनि अध्यक्ष ओलीसँग सल्लाह गरेरै डाकिएको प्रस्ट पारे । आजको अनौपचारिक बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित भएका थिए भने अर्का अध्यक्ष केपी शर्माओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने उपस्थित भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण