शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बाइडेनले ट्रम्पका समर्थकलाई पनि आश्वस्त पारे

आइतबार, २३ कात्तिक २०७७, ०८ : ४२
आइतबार, २३ कात्तिक २०७७

बाइडेनले ट्रम्पका समर्थकलाई पनि सम्बोधन गरे । उनले भने, ‘एक–अर्कालाई एक मौका दिएर हेरौं । घृणायुक्त बयानबाजीबाट टाढै बस्ने बेला आएको छ । एक–अर्कालाई पुनः भेटौं, एकअर्कालाई पुनः सुनौं । आफ्ना प्रतिद्वन्द्वीलाई दुश्मन मान्न छोडौं । म ती सबैका लागि त्यति नै मिहिनेत गर्नेछु जसले मलाई भोट दिएनन् ।’

बाइडेनले आफ्नो पहिलो काम कोरोना महामारी नियन्त्रण गर्ने बताएका छन् । बाइडेनले एक आशावादी सन्देशसहित आफ्नो भाषणको अन्त्य गरे । अन्त्यसमा उनले भने, ‘विश्वास फैलाउनुहोस् । तपाईंहरु सबैलाई प्रेम, ब्लेस अमेरिका ।’ त्यसपछि उनको परिवारका सदस्य स्टेजमा आए, आतिशबाजी गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप