ट्रोलर्सले ट्वीङ्कललाई भने ‘ट्वीङ्कल बम’, नायिकाले दिइन् यस्तो जवाफ
अक्षय कुमारको फिल्म लक्ष्मी ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । फिल्मका लागि दर्शकबीच भारी उत्साह छ । आफ्नो नामका लागि फिल्मले समस्याको सामना गर्नुपरेको छ र जनताको भारी विरोधको सामना गर्नुपरेको छ । विरोधका बीच फिल्मको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ पारिएको छ । तर अक्षय कुमारकी श्रीमती ट्वीङ्कल खन्नालाई सायद पुरानै नाम मनपरिरहेको छ ।
वास्तवमा ट्वींकललाई पनि ट्रोलिङको क्रममा निशाना बनाइएको छ । लक्ष्मीको पात्र झैं उनको पनि अनुहार निलो बनाइएको छ र निधारमा टिका लगाइदिएर थुप्रै मीम्स सेयर भए । उनको नाम ट्वीङ्क बम राखियो । तर ट्वीङ्कललाई यो कुराले खासै फरक पारेन । उनी त खुसी पो भइन् ।
ट्वीङ्कलले टाइम्स अफ इन्डियाको आफ्नो कोलममा यसबारे कुरासमेत गरिन् । उनले भनिन्, ‘मलाई त यो निकै राम्रो लाग्यो । अधवैंसे उमेरमा कसैले मलाई बम भन्छ भने यो त मेरो लागि खुसीको कुरा हो ।’
ट्वीङ्कलले ठट्यौली पारामै सही ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् । ट्वीङ्कलले भनिन्, ‘कुन कारणले ट्रोलर्सले मेरो तस्बिर खिचे, मेरो छालालाई मयुर रङले ढाके, रातो टिका लगाइदिए र ट्वीङ्कल बमजस्ता पोस्टर सेयर गरे ।’
ट्रोल्सबाट खुसी ट्वीङ्कलः
‘म यो कुराले खुसी छु कि मलाई सही समयमा बम भनियो । मैले त यो सोच्न सुरु गरिसकेको थिएँ कि मेरो त्यो समय समाप्त भइसकेको छ । ’ ट्रोल्सको मानसिकमाथि कुरा गर्दै ट्वीङ्कलले उदाहरण दिँदै भनिन्, ‘हुन त मलाई ट्रोलर्ससँग धेरै बहस गर्न मन लाग्दैन तर मैले एउटा यस्तो मीम देखेँ जसमा भगवानमाथि ठट्टा गरेको भन्दै मलाई थर्ड क्लास पर्सन भनिएको थियो । मैले तत्काल जवाफ दिएँ, ‘भगवानलाई राम्रो ठट्टा पक्कै पनि मनपर्छ । यदि त्यस्तो नहुँदो हो त भगवानले तिमीलाई बनाउने थिएनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण