‘हनिमुन’ मा काजलका ‘हट तस्बिर’
मुम्बई – अभिनेत्री काजल अग्रवाल यतिबेला माल्दिप्स् पुगेकी छन् । हालै गौतम किचलुसँग बिवाह गरेकी अग्रवाल हनिमुन मनाउन त्यहाँ पुगेकी हुन् ।
काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् ।
काजलले सामुन्द्री किनारमा हट अन्दाज सहित तस्बिरका लागि पोज समेत दिएकी छन् । मिनिमल मेकअप र कानको रिङ्गले उनको हट लुक्सलाई परफेट बनाएको छ ।
एक तस्बिरमा काजलले पतिसँग रोमान्टिक अन्दाजमा पनि खिचाएकी छन् । काजलका तस्बिर सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई फ्यानले रुचाएका छन् ।
काजलले गत ३० अक्टुबरमा गौतमसँग विवाह गरेकी हुन् । विवाह समारोह देखि रिसेप्शनसम्मको सबै तस्बिर उनले फ्यानका लागि सार्वजनिक गरेकी थिइन् ।
सन् २००४मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । यसै बर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन् ।
काजल हिन्दी फिल्मको अलवा साउथ फिल्ममा पनि आफ्नो पहिचना बनाउन सफल छिन् । साउथ फिल्म उद्योगमा उनले २००७मा ‘लक्ष्मी कल्याण’ फिल्मबाट डेब्यु गरेकी थिइन् । उनी तमिल, तेलूगूमा बनेको फिल्म ‘मगाधीर’, ‘आर्या २’, ‘डार्लिङ’,‘ मिस्टर परफेट’, ‘विवेगम’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण