‘हनिमुन’ मा काजलका ‘हट तस्बिर’

मुम्बई – अभिनेत्री काजल अग्रवाल यतिबेला माल्दिप्स् पुगेकी छन् । हालै गौतम किचलुसँग बिवाह गरेकी अग्रवाल हनिमुन मनाउन त्यहाँ पुगेकी हुन् ।
काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् ।
काजलले सामुन्द्री किनारमा हट अन्दाज सहित तस्बिरका लागि पोज समेत दिएकी छन् । मिनिमल मेकअप र कानको रिङ्गले उनको हट लुक्सलाई परफेट बनाएको छ ।
एक तस्बिरमा काजलले पतिसँग रोमान्टिक अन्दाजमा पनि खिचाएकी छन् । काजलका तस्बिर सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई फ्यानले रुचाएका छन् ।
काजलले गत ३० अक्टुबरमा गौतमसँग विवाह गरेकी हुन् । विवाह समारोह देखि रिसेप्शनसम्मको सबै तस्बिर उनले फ्यानका लागि सार्वजनिक गरेकी थिइन् ।
सन् २००४मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । यसै बर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन् ।
काजल हिन्दी फिल्मको अलवा साउथ फिल्ममा पनि आफ्नो पहिचना बनाउन सफल छिन् । साउथ फिल्म उद्योगमा उनले २००७मा ‘लक्ष्मी कल्याण’ फिल्मबाट डेब्यु गरेकी थिइन् । उनी तमिल, तेलूगूमा बनेको फिल्म ‘मगाधीर’, ‘आर्या २’, ‘डार्लिङ’,‘ मिस्टर परफेट’, ‘विवेगम’ जस्ता सुपरहिट फिल्ममा काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता