कार्यदलका सदस्य बालुवाटार पुग्दा जनार्दन पुगे खुमलटार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र नेकपा कार्यदलका ४ जना सदस्यबीच छलफल भएको छ । सोमबार दिउँसो अध्यक्ष ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । तर बालुवाटारको छलफलमा कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने सहभागी भएनन् ।
दिउँसो १२ बजे कार्यदलका ५ जना सदस्य बालुवाटार पुग्दा शर्मा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका थिए । शर्मा र अध्यक्ष प्रचण्डबीच एक घण्टा भेटवार्तापछि शर्मा खुमलटारबाट बाहिरिएका थिए । अध्यक्ष प्रचण्ड र नेता शर्माबीच पार्टीभित्र उत्पन्न समस्या र समाधानका विषयमा विमर्श भएको बुझिएको छ ।
प्रचण्डसँग भेटवार्ता भएको पुष्टि गर्दै शर्माले रातोपाटीसँग भने, ‘अध्यक्षसँगको भेटमा पार्टीमा उत्पन्न समस्या र समाधानका उपायका बारेमा कुराकानी भयो ।’ शर्मा कोभिड १९ बाट संक्रमित भएपछि झण्डै २२ दिनयता घरबाट बाहिर निस्केका थिएनन् । उता महासचिव विष्णु पौडेलसहित नेताहरु भीम रावल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले बालुवाटारमा ओलीसँग सोही समयमा भेटवार्ता गरेका थिए । कार्यदल सदस्य पम्फा भुषाल पनि बालुवाटार नगएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
