सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कार्यदलका सदस्य बालुवाटार पुग्दा जनार्दन पुगे खुमलटार

सोमबार, २४ कात्तिक २०७७, १५ : २४
सोमबार, २४ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र नेकपा कार्यदलका ४ जना सदस्यबीच छलफल भएको छ ।  सोमबार दिउँसो अध्यक्ष ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । तर बालुवाटारको छलफलमा कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने सहभागी भएनन् ।

दिउँसो १२ बजे कार्यदलका ५ जना सदस्य बालुवाटार पुग्दा शर्मा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका थिए । शर्मा र अध्यक्ष प्रचण्डबीच एक घण्टा भेटवार्तापछि शर्मा खुमलटारबाट बाहिरिएका थिए । अध्यक्ष प्रचण्ड र नेता शर्माबीच पार्टीभित्र उत्पन्न समस्या र समाधानका विषयमा विमर्श भएको बुझिएको छ ।

प्रचण्डसँग भेटवार्ता भएको पुष्टि गर्दै शर्माले रातोपाटीसँग भने, ‘अध्यक्षसँगको भेटमा पार्टीमा उत्पन्न समस्या र समाधानका उपायका बारेमा कुराकानी भयो ।’ शर्मा कोभिड १९ बाट संक्रमित भएपछि झण्डै २२ दिनयता घरबाट बाहिर निस्केका थिएनन् । उता महासचिव विष्णु पौडेलसहित नेताहरु भीम रावल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले बालुवाटारमा ओलीसँग सोही समयमा भेटवार्ता गरेका थिए । कार्यदल सदस्य पम्फा भुषाल पनि बालुवाटार नगएको बताइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप