प्रचण्डकै क्षेत्रबाट माओवादी केन्द्रले खाता खोल्दै, जीत निश्चित भएपछि विजयी र्याली निकाल्ने तयारी
सिरहा– नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट जीत हात पार्दै दुई नम्बर प्रदेशमा स्थानीय तहको पहिलो खाता खोल्ने भएको छ ।
कर्जन्हा नगरपालिका वडा नम्बर ११ को मतगणना जारी रहे पनि जीत निश्चित भएपछि नेता कार्यकर्ता विजय उत्सव मनाउने तयारी गरेका छन् ।
पछिल्लो गणनाअनुसार मेयर पदका उम्मेदवार माओवादी केन्द्रका गंगा पासवानले ३ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् । एमालेका मेयरका उम्मेदवार रामदयाल महतोले २ हजार ८ सय ३४ मत प्राप्त गरेका छन् ।
नगरको उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठले अग्रता लिएकी छन् । उनले ३ हजार ४ सय ९७ मतका साथ अग्रता लिएकी छन् भने एमालेकी उपमेयरकी उम्मेदवार अन्जुकुमारी रायले २ हजार ६ सय १६ मत प्राप्त गरेकी छन् ।
यो नगरपालिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै क्षेत्र अन्तर्गत पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण