आइपीएलको उपाधि जितेको मुम्बईले पायो २० करोड, रनरअप दिल्लीको नगद पुरस्कार कोहलीभन्दा ४.५ करोड कम
आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का कप्तान विराट कोहलीलाई फ्रेन्चाइजीले एक सिजनका लागि १७ करोड भारु दिन्छ । यद्यपि, सीजनको लीलामीमा अष्ट्रेलियाली तेज बलर पेट कमिन्स सबैभन्दा महँगा १५.५ करोड भारुमा बिकेका थिए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो । कमिन्स सबैभन्दा महँगा विदेशी खेलाडी पनि हुन् ।
म्यान अफ द म्याच ट्रेन्ट बोल्टलाई ५ लाख भारु नगद पुरस्कारः
सुन्तला र प्याजी रङका क्यापका बिजेतालाई १०–१० लाख भारु नगद पुरस्कार
दिल्ली र मुम्बई टिममा १५–१५ करोडपति खेलाडीः
दिल्ली टिममा मुम्बईको तुलनामा ६.७ प्रतिशत बढी करोडपति खेलाडी रहे । यसमा ऋषभ पन्तलाई सबैभन्दा बढी १५ करोड भारु दिइयो । यो सिजनमा तीन टिम छन् जसमा १५ खेलाडीको मूल्य एक करोड वा सोभन्दा बढी छ । यसमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण