शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

फेरि फर्कियो रानु मन्डलको खुशी, गाइन् फिल्मको गीत

बुधबार, २६ कात्तिक २०७७, ११ : २६
बुधबार, २६ कात्तिक २०७७

मुम्बई । रेलवे स्टेशनमा गायिका लता मंगेशकरको गीत गाएको भिडियो भाइरल भएपछि रातारात सेलिब्रेटी बनेकी रानु मन्डलको जीवनमा कोरोना र लकडाउनले फेरि अँधेरो छाएको थियो । तर, अहिले उनको जीवनमा फेरि उज्यालो छाउन थालेको छ ।

अहिले रानुलाई नयाँ प्रोजेट मिलेको खबर बाहिर आएको छ । यस कुराको जानकारी अभिनेत्री दीपिका चिखलियाले सामाजिक संजाल मार्फत बाहिर ल्याएकी हुन् ।
टिभीकी अभिनेत्री दीपिका फिल्म ‘सरोजिनी’मा देखिँदैछिन् । यो फिल्मको गीत रानु मन्डलले गाएको उनले बताएकी हुन् । दीपिकाले सामाजिक संजालमा रानुको एक भिडियो सार्वजनिक गर्दै लेखेकी छन् ‘मेरो फिल्म ‘सरोजिनी’को धीरज मिश्राले लेखेको गीत रानु मन्डलले गाएकी छन् ।’

भिडियोमा भने रानुले आफूले धीरज मिश्रासँग काम गरेको बताएकी छन् । ‘मलाई आशा छ फेरि माया र सम्मान मिल्नेछ । जुन तपाईंले पहिले दिनु भएको थियो,’ रानुले भिडियोमा भनेकी छन् । फिल्मको सबै गीत उनकै स्वर रहेको छ ।

‘सरोजिनी’ नायडुकी बायोपिक फिल्म हो । फिल्मका लेखक तथा निर्देशक धीरज मिश्रा नै हुन् । 
रेलवे स्टेशनमा गीत गाएर हिँडेको भिडियो भाइरल भएपछि चर्चामा छाएकी रानुले शो समय लता मंगेशकरको गीत ‘प्यारका नगमा’ गाएकी थिइन् ।

त्यसपछि उनलाई हिमेश रेशमियाले गीत गाउने मौका दिएका थिए । उनले हिमेशका साथ गीत समेत गाएकी थिइन् । अहिले भने उनी नयाँ प्रोजेटका लागि काम गरिरहेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप