जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
बिहीबार, २७ कात्तिक २०७७, ०८ : ५७
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् ।
प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गते बलात्कार गरेको कसुर ठहर गर्दै १० वर्षको जेल सजायको फैसला सुनाएको थियो ।
गोप्य सूचनाका आधारमा राउतलाई हँडियाको एक स्थानमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले बुधबा पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहलले बताए ।
इलाका प्रहरी कार्यलय बेल्टारको टोलीले गोप्य सूचनाको आधारमा राउतलाई लुकिरहेको अवस्थामा पक्राउ गरेर बुधबारनै जिल्ला अदालतमा बुझाएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण