शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

सुशान्तसँग फिल्म ‘काई पो छे’ मा काम गरेका आसिफ बसराले गरे आत्महत्या, डिप्रेशनमा भएको दाबी

बिहीबार, २७ कात्तिक २०७७, १८ : ३६
बिहीबार, २७ कात्तिक २०७७

दिवंगत सुशान्त सिंह राजपूतसँग फिल्म ‘काई पो छे’ मा काम गरेका अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । भारतीय मिडिया भास्कर दैनिकले रिपोर्टलाई उद्धृत गर्दै ५३ वर्षका बसराले हिमाचल प्रदेशको धर्मशालाको म्याकलोडगंजमा एक क्याफे नजिकै आत्महत्या गरेको जानकारी दिएको छ । उनले आफ्नो घर पालुवा कुकुरलाई बाँध्ने डोरीले पासो लगाएर आत्महत्या गरेको बताइएको छ । यद्यपि, आत्महत्याको सही कारण पत्ता लाग्न नसकेपनि स्रोतले उनी डिप्रेशनसँग जुधिरहेको बताएको छ ।

विगत पाँच वर्षदेखि म्याकोडगन्जमा बसिरहेका थिए आसिफः

प्रहरीले आसिफको शव नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । एसपी विक्रान्त रञ्जनले आफ्नो बयानमा आफूले हरेक कोणबाट अनुसन्धान गरिरहेको बताए । आसिफ करिब पाँच वर्षदेखि म्यालोडगन्जमा एक भाडाको घरमा एक विदेशी महिलासँग लिभ इनमा बसिरहेका थिए । प्रहरीले यी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । खबरलाई विश्वास गर्ने हो भने आसिफले जुन कुकुरको डोरीको पासो लगाएका थिए, त्यो पनि गायब छ ।

यी फिल्ममा गरेका थिए कामः

आसिफले सन् १९९८ मा फिल्ममा अभिनय गरेका थिए । उनले वो (१९९८), ब्ल्याक फ्राइडे (२००४), जब वी मेट (२००७), वान्स अपन अ टाइम इन मुम्बई (२०१०), कृष ३ (२०१३) र हिचकी (२०१८) जस्ता फिल्ममा काम गरेका थिए । होस्टेजेस र पाताललोक जस्ता हिट वेब सिरिजमा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप