सुडानमा अपराध बाहेकका द्वन्द्वका मुद्दालाई आम माफी दिने घोषणा
एजेन्सी । सुडानले जातीय तथा जटिल प्रकारका युद्ध अपराधका आरोपितबाहेक युद्धका क्रममा विभिन्न मुद्दा लागेका दशौँ हजार मानिसलाई आम माफी दिने घोषणा गरेको छ । सुडानको सत्ताधारी सार्वभौम परिषद् प्रमुख जनरल अब्देल फताह अल–बुहारनले उक्त आममाफी घोषणा गरिएको पत्रमा हस्ताक्षर गरी शान्ति सम्झौताको भावना अनुरूप हजारौँ मुद्दा लागेका व्यक्तिलाई सजाय माफी गर्नुभएको राज्य सञ्चालित समाचार संस्था सुनाले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पूर्जी काटेका वा जातीय संहारमा दोषी मानिएका मुद्दाबाहेकका मुद्दालाई तत्काल आममाफी दिइएको उक्त निर्देशनमा उल्लेख छ । अक्टोबर ५ मा राजधानी जुबामा भएको शान्ति सम्झौता अनुरूप विद्रोही ५० हजार व्यक्ति देशको मुल प्रबाहमा आइसकेको र बाँकि १५ हजार व्यक्ति उक्त प्रक्रियामा सामेल हुने क्रममा रहेको पूर्व विद्रोही समूहका प्रमुखले बताए ।
आम माफी डार्फर, ब्लु नाइल, साउथ कोर्दोफानमा सक्रीय विद्रोही र सुडानको नयाँ सरकाबीच भएको शान्ति सम्झौतापछि यसैलाई तार्किक निश्कर्षमा पुर्याउने सहमति अनुसार भएको हो । संयुक्त राष्ट्रसंघका अनुसार सुडानको पश्चिमी क्षेत्र डार्फर र वरपरका क्षेत्रमा भएको युद्धमा कम्तीमा तीन लाख व्यक्ति मारिएका थिए भने २५ लाख मानिस कुनै न कुनै रूपमा विस्थापित भएका थिए ।
सेना र जनआन्दोलनको सहयोगमा पदच्युत भएपछि सुडानको जेलमा रहेका पूर्व राष्ट्रपति ओमार अल–बसिरलाई आइसीसीले जातीय संहार गरेको आरोपमा खोजीको सूचीमा राखेको छ । आइसीसीको खोजीको सूचीमा रहेका पूर्व विद्रोही नेता तथा कमाण्डर अलि कुस्याबले भने जुनमा आइसीसीसमक्ष आत्मसमर्पण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण