बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुक्रबार साँझसम्म ५१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ३७६ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१ हजार ३०४ पुगेको हो ।
कोरोनाका कारण ज्यान गुमाउने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमध्ये अग्र स्थानमा रहेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख नाघेको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २७ हजार ३०१ जनामा कोरोना पुष्टि भएको छ । २४ घन्टामा करिब ३ लाख ९० हजारको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख १७ हजार ४९६ पुगेको स्वास्थ्य विभागले उल्लेख गरेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ७२३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार २७५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ७१४ जनाको हस्पिटलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण