पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनाका जवानसहित ११ जनाको मृत्यु
शनिबार, २९ कात्तिक २०७७, ०० : ०१

एजेन्सी । पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ ।
बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ । दैनिक भास्करका अनुसार अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकी क्रान्ति पुरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
-
बिपी राजमार्ग (फोटो फिचर)
-
‘मिस वर्ल्ड’को ‘स्पोर्ट्स च्यालेन्ज’मा इस्टोनियालाई स्वर्ण
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी