पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनाका जवानसहित ११ जनाको मृत्यु
शनिबार, २९ कात्तिक २०७७, ०० : ०१
एजेन्सी । पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ ।
बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ । दैनिक भास्करका अनुसार अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण