नवलपरासीमा ३ लाख बढी रकमसहित १२ जुवाडे पक्राउ
सोमबार, ०१ मङ्सिर २०७७, २० : ०६
परासी । प्रहरीले पश्चिम नवलपरासीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जुवा खालबाट होटल सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
जिल्लाको बर्दघाटन नगरपालिका २ चिसापानीस्थित ध्रुव भण्डारीले सञ्चालन गरेको रोएल कटेज नामम होटेलमा जुवा खेलिरहेका १२ जना र होटल सञ्चालक भण्डारी गरि १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीकाअनुसार उक्त जुवा खालबाट ३ लाख ८७ हजार ९६५ रुपैयाँ नगद र ४ बुक तास बरामद गरिएको जनाइएको छ । चाडबाडका बेला जिल्लाका विभिन्न ठाउँहरुमा जुवा, तास र कौडा खेल भैरहेको जनगुनासोहरु बढिरहेको हुँदा प्रहरीले निगरानी बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण