सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसका आदर्श पति

सोमबार, ०१ मङ्सिर २०७७, २० : ५७
सोमबार, ०१ मङ्सिर २०७७

एजेन्सी । अमेरिकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसका पति डउग अम्हाफले श्रीमतीको काममा सहयोग पुर्याउन आफ्नो जागिर छोड्ने भएका छन् । अमेरिकी मिडियाहरुले भलाद्मी पुरुषको उपमा दिएका डउग पेशाले वकिल हुन् । यहुदी मुलका उनले चुनावी अभियानका क्रममै कानुनी फर्मबाट लामो बिदा लिएका थिए ।

अगस्टमा जब कमलालाई उपराष्ट्रपतिको उम्मेद्वार घोषणा गरियो, त्यसको केही दिनपछि उनले छुट्टि लिएका थिए । उनी चुनावी अभियानमा निकै सक्रिय देखिएका थिए । जब डेमोक्रयाट पार्टीले चुनाव जित्यो, तब राष्ट्रपतिमा निर्वाचिन जो बाइडेन र कमलासँग एमहाफ पनि मिडियामा देखिएका थिए ।

आगामी २० जनवरीमा बाइडेन र कमला अमेरिकाको क्रमशः राष्ट्रपति र उपराष्ट्रपति घोषित हुनेछन् । चुनावी अभियानमार्फत पत्नीलाई सघाएका डग र कमलाको विषयमा युस टुडेले एक रिपोर्ट प्रकाशित गरेको छ । सो रिपोर्टअनुसार चुनावी अभियानमा सक्रिय रुपमा खटेका उनी अब श्रीमतीलाई प्रशासनिक काममा सहयोग गर्नेछन् । यद्यपि, उनले कुनै सरकारी पदको जिम्मेवारी भने लिने छैनन् ।

डरमाउथ कलेजकी प्रध्यापक एला बेल भन्छिन्ः ‘यो उनको आदर्श काम हो । जो पत्नीका लागि आफ्नो करियर नै छोड्न तयार भएका छन् ।’ डउग आफ्नी पत्नी सफल भएको देख्न चाहान्छन् । अमेरिकाका एक कुशल र सफल कानुन व्यावसायीको रुपमा चिनिने एमहाफले आफ्नो व्यवसाय छाड्न भने सजिलो नभएको एक पक्षको दाबी छ ।

व्हार्टन सेन्टरका एक्सपर्ट माइकल उसिन भान्छन्ः ‘यो अमेरिकाका लागि एक नयाँ उदाहरणीय काम हो । उनको व्यवहारले अमेरिकी जनताका लागि एउटा नयाँ सन्देश दिनेछ ।’ त्यस्तै चुनावी अभियानका क्रममै राष्ट्रपतिका उम्मेद्वार रहेका जो बाइडेनले डगको कामको प्रशंसा गरेका थिए । बाइडेनले भनेका थिएः ‘तपाईले परम्परागत मान्यता र विश्वासहरुलाई खत्तम गरिदिनुभयो ।’

त्यसो त अमेरिकी राष्ट्रपति निर्वाचन जितेका बाइडेनकी श्रीमती जिल भने शिक्षिका हुन् ।  उनले अमेरिकी प्रथम महिला भएपनि शिक्षिकाको काम नछाड्ने घोषणा गरिसकेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप