जुवा खेल्दै गरेका ७ जुवाडे पक्राउ
मङ्गलबार, ०२ मङ्सिर २०७७, १२ : ०३
धरान– लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण पुरी, ३१ वर्षीय हरिराम बानियाँ र ३१ वर्षीय विष्णु बाँस्तोला रहेका छन् ।
इटहरी–२० तराहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राति दुई बजे तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट तास, नगद दुई लाख ८० हजार २५५ बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिए । मङ्गलबारसम्म तिहारको बिदा परेकाले बुधबार उनीहरुलाई अदालतमा उपस्थित गराइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण