शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

चर्चामा सैफका छोरा इब्राहिमः तस्बिर हेरेर युवतीहरुले सोधे, ‘मसँग विवाह गर्छौ ?’

बुधबार, ०३ मङ्सिर २०७७, १२ : २१
बुधबार, ०३ मङ्सिर २०७७

बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान जतिजति हुर्कदैं छन् त्यति नै सैफ अली खानको फोटोकपी झैं देखिएका छन् । इब्राहिम सोसल मिडियामा निकै सक्रिय छन् र उनको तस्बिरले धेरैको मन जित्ने पनि गरेको छ ।

तैमुरको क्यूटनेसको भन्दा थुप्रै गुणा बढी इब्राहिमको दिवालीको तस्बिर चर्चामा छाएको छ । फिल्ममा आउनु अघि नै इब्राहिम असाध्यै चर्चामा छन् । उनको फ्यान फलोविङ पनि निकै राम्रो छ । इब्राहिमले दिवालीो मौकामा आफ्ना केही तस्बिर सेयर गरेका छन् जुन हेरेर दर्शक निकै रमाइरहेका छन् ।

इब्राहिमको यो तस्बिरमा युवतीहरुले उनलाई विवाहको प्रस्ताव पनि गरिरहेका छन् । थुप्रै युवतीले लेखिरहेका छन्, ‘म्यारी मी ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप