अमेरिकामा केही हप्ताभित्रै कोरोनाको भ्याक्सिन पाउन सकिनेः स्वास्थ्य विभाग
अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे दुई लाख नाघिसकेको छ ।
जोन होपकिन्स युनिभर्सिटीका अनुसार यहाँ कोरोनाभाइरस संक्रमितको संख्या १.१५ करोड पुगिसकेको छ ।
यसैबीच अमेरिकी स्वास्थ्य विभागले अबको केही हप्ताभित्र दुई भ्याक्सिनलाई अधिकृत गरिने जसका कारण यो वितरणको लागि तयार हुने बताइएको छ ।
बीबीसीको उत्तर अमेरिकी संवाददाता पिटर बोजले यसको जानकारी दिएका हुन् ।
अमेरिकी औषधी कम्पनी फाइजर र यसको सहयोगी जर्मन कम्पनी बायोएनटेकले अमेरिकामा भोलिका दिनमा कोभिड–१९ भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिनका लागि आवेदन दिएको छ ।
फाइजरका अनुसार ४० हजारभन्दा बढी मानिसहरुमा गरिएको ट्रायलका अनुसार यो भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी छ र यसका कुनै गम्भीर नकारात्मक प्रभाव पनि देखिएको छैन ।
बायोएनटेकका मुख्य कार्यकारी अधिकारीका अनुसार युरोपेली संघमा डिसेम्बरको मध्यसम्म भ्याक्सिनले सशर्त स्विकृति पाउने सम्भावना छ ।
यसबाहेक अमेरिकी औषधी कम्पनी मोडर्नाले पनि उसको भ्याक्सिन त्यति नै प्रभावकारी भएको बताउँदै वर्षको अन्त्यसम्म उपलब्ध हुने बताएको छ ।
कोरोनाले अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान लिएको छ ।
अमेरिकाभरी कोरोनाभाइरसको नयाँ लहर आइसकेको छ र हरेक दिन संक्रमणको आँकडामा नयाँ रेकर्ड बनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण