भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा संक्रमितमध्ये एक लाख ३१ हजार ५७८ जनाको ज्यान गएको छ ।
भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ ।
भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार २०७ जनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करिब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १२ करोड ८५ हजार नमुना परीक्षण गरेको जनाएको छ । परिषदका अनुसार भारतमा कोरोना संक्रमणमुक्त हुने दरमा निरन्तर सुधार हुँदै हाल ९३.५२ प्रतिशत रहेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण