एनआईसी एशियाको ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाः १० हजारमा सहभागीता, ७ वर्षमा डबल
काठमाडौं । ग्राहक केन्द्रीत आकर्षक योजनाहरु पस्किने क्रममा एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेकोे हो ।
बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ताहरुको लागि यो योजना ल्याएको छ । यस योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ ।
यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम रु. १० हजार रहेको छ । ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाको समयावधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमानुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्न सक्ने छन् ।
उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहकहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ ।
यस योजना दिर्घकालिन रुपमा लगानी गर्न इच्छुक ग्राहकहरुको लागि स्वर्णीम अवसर बन्ने र ग्राहकको अहिलेको आवश्यता अनुसारको रहेको यस मुद्दती निक्षेप योजनालाई ग्राहकहरुले रुचाउने विश्वास बैंकले लिएको छ । यस योजनाअन्तर्गत दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहकहरूले आफुलाई सहज हुने एनआईसी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्दती निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण