शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशियाको ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाः १० हजारमा सहभागीता, ७ वर्षमा डबल

बिहीबार, ०४ मङ्सिर २०७७, १३ : ३५
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । ग्राहक केन्द्रीत आकर्षक योजनाहरु पस्किने क्रममा एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेकोे हो । 

बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ताहरुको लागि यो योजना ल्याएको छ । यस योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ । 

यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम रु. १० हजार रहेको छ । ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजनाको समयावधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमानुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्न सक्ने छन् ।

उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहकहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ । 

यस योजना दिर्घकालिन रुपमा लगानी गर्न इच्छुक ग्राहकहरुको लागि स्वर्णीम अवसर बन्ने र ग्राहकको अहिलेको आवश्यता अनुसारको रहेको यस मुद्दती निक्षेप योजनालाई ग्राहकहरुले रुचाउने विश्वास बैंकले लिएको छ । यस योजनाअन्तर्गत दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहकहरूले आफुलाई सहज हुने एनआईसी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्दती निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप