शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अभिनेत्री मात्र होइन, राम्रो गायिका पनि हुन् तारा

शुक्रबार, ०५ मङ्सिर २०७७, ११ : २१
शुक्रबार, ०५ मङ्सिर २०७७

मुम्बई – तारा सुतारिया बलिउडकी सुन्दर, मल्टीट्यालेन्टेड अभिनेत्री हुन् । हिजो बिहिवार अर्थात १९ नोभेम्बरमा उनले आफ्नो २५ औं जन्मदिन मनाएकी छन् । उनले बलिउड डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’बाट गरेकी हुन् । डेब्यु फिल्म नै उनले सुपरहिट दिन सफल भइन् ।

तारा बलिउड अभिनेत्रीको अलवा राम्रो गायिका र डान्सर पनि हुन् । उनले क्लासिक, मोडन र ल्याटिन अमेरिकी डान्स लन्डनको रोयल अकादमी डान्सबाट सिकेकी छन् ।

ताराले सातबर्षको उमेरदेखि एक ब्यवसायिक गायिकाको रुपमा समेत काम गर्दै आएकी छिन् । उनले कयौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय सांगीतिक कार्यक्रममा पफमेन्स गरिसकेकी छन् । उनले डिज्नी च्यानलमा भिडियो ज्याकीको रुपमा २०१०मा काम सुरु गरेकी थिइन् । उनको एक जुडुवा बहिनी पनि रहेकी छन् । जसको नाम पिया सुतारिया हो ।

तारा केही अगाडि फिल्म ‘मरजावा’मा देखिएकी थिइन् । उनी पछिल्लो फिल्म ‘तडप’को तयारी छिन् । फिल्ममा उनी सुनिल सेट्टीका छोरा अहानसँग देखिने छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप