नेपाल एयरलाइन्सका यात्रुको कोरोना रिपोर्टमा समस्या देखिएपछि छानविन समिति गठन
काठमाडौं । नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर ३ पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डा. मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा डा.अमृत पोखरेल र बलराम गौतम सदस्य रहेका छन् । निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरेर उडाउन भरेका व्यक्तिको पुनः कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले छानबिन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता, नेपाल एयरलाइन्सले हङकङ उडान भर्नका लागि सरकारी प्रयोशालाको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ । एयरलाइन्सले अनिवार्य रुपमा सरकारी प्रयोगशालामा परीक्षण गरेको ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट पेस गरेर मात्रै यात्रु उड्न पाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण