भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
शुक्रबार, ०५ मङ्सिर २०७७, १५ : ०६
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।
भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना सङ्क्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ ।
ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ । –पिटिआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण