यस्तो छ मन्त्रिपरिषदले गरेको कर्मचारी सरुवा बढुवाको निर्णय
काठमाडौं । सरकारले न्याय सेवाका सहसचिव लिलादेवी गडतौलालाई सचिवमा बढुवा गर्दै नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले डा.लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई नेपाल कृषि सेवा, लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, राजपत्राङकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपंक्षीं विकास मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषी पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ देखि लागू हुनेगरी ४ वर्षका लागि थप गर्ने निर्णय गरेको छ । कोलम्बियाको बोगोटामा डा.सोराया स्टेला कारो भरगासलाई निर्णय भएको मितिदेखि लागू हुनेगरी ४ वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
सहरी विकास मन्त्रालयको सिफारिसमा अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा उद्धव प्रसाद तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण