शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘बारीको कर्कलो’ मा केकी र प्रकाशको रोमान्स

शुक्रबार, ०५ मङ्सिर २०७७, १७ : ३४
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । केही अगाडि ‘नक्कली साली’ सार्वजनिक गरेका गीतकार विजय दर्पण र संगीतकार योगेशकाजीले नयाँ गीत ‘बारीको कर्कलो’ ल्याएका छन् । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर रहेको छ । 

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा प्रकाश सपुत र केकी अधिकारीको रोमान्स रहेको छ । राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, राजिव समरको कोरियोग्राफी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप