रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी
चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् ।
रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् ।
जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ ।
शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ ।
चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित रहेको छ । युभेबाहेक मिलान र तेस्रो स्थानमा रहेको सासुलो पनि यो सिजन अपराजित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण