रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी
चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् ।
रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् ।
जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ ।
शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ ।
चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित रहेको छ । युभेबाहेक मिलान र तेस्रो स्थानमा रहेको सासुलो पनि यो सिजन अपराजित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
-
राप्तीसोनारीमा फैलिएको झाडा पखालाबाट २९ जना बिरामी
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जान्न : उपेन्द्र यादव
-
'गाजामा अमेरिकी हतियार प्रयोग गरेर इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानुन तोडेको हुनसक्छ'