कहिले ब्रेकअप त कहिले अपहरणको आरोप, अब मौलानासँगको विवाहका कारण चर्चामा बलिउड छोडेकी सना खान
बलिउड र अभिनयको दुनियाँलाई अलविदा भनिसकेकी बिग बस सिक्सकी प्रतिस्पर्धी सना खान आजकाल आफ्नो विवाहका कारण चर्चामा छिन् । केही महिनाअघि सना खानले आफ्नो मनोरञ्जन जगतलाई छोड्ने निर्णयबारे सबैलाई जानकारी दिएकी थिइन् । अब उनले अचानक विवाह गरेकी छिन् । उनी आफैंले विवाहको जानकारी त दिएकी छैनन् तर यो विवाहको एउटा भिडियो भने सार्वजनिक भएको छ । सना आफ्नो कामका लागि कम र विवादका कारण बढी चर्चामा हुन्छिन् । आउनुहोस्, सनाका केही विवादबारे जानकारी लिऔं जसले अत्यधिक चर्चा बटुल्यो ।
अपहरणको आरोपः
सना खानमाथि अपहरणको आरोप पनि लागिसकेको छ । एक १५ वर्षीया किशोरीले सना खानमाथि उनले सनाको कजिनसँग विवाह गर्न अस्विकार गरेका छन् आफ्नो अपहरण गरिएको आरोप लगाएकी थिइन् ।
मेलविन लुईससँग ब्रेकअपः
सना खानको यसै वर्ष उनको प्रेमी मेलविन लुईससँग ब्रेकअप भएको थियो । उनले सोसल मिडियामा मेलविनले आफूलाई धोका दिएको आरोपसमेत लगाइन् । सनाले ब्रेकअप पछि आफू भित्रैदेखि टुटेको र निद्राको औषधीसमेत खानुपरेको बताएकी थिइन् ।
आशाका गोराडियासँग दोस्तीः
बिग बसका बेला सना खानको आशाका गोराडियासँगको दोस्तीले भिन्न रुप लिएको थियो । दुबैको दोस्तीमा प्रश्न उठ्न थालेको थियो । बिग बसका बेला यी दुईको फोटोले निकै चर्चा बटुलेको थियो ।
बोल्डनेसः
सना खानले सन् २००५ मा ‘ये है हाई सोसाइटी’ बाट बलिउठमा कदम राखेकी थिइन् । यो एउटा लो बजेट अडल्ट फिल्म थियो । त्यसपछि उनी टिभी कमर्सियल र थुप्रै विज्ञापनमा पनि देखिइन् । बलिउड छोड्ने बेलासम्म सनाको बोल्ड अवतार चर्चामा रहन्थ्यो ।
बलिउडलाई भनिन् बाइबाइः
सना खानले सोसल मिडियामा अचानक आफूले मनोरञ्जन जगतलाई अलविदा भनेको घोषणा गरिन् । उनले सोसल मिडियाबाट आफ्ना पुराना तस्बिर पनि डिलिट गरिन् । जतिपनि तस्बिर उनको सोसल मिडियामा पोस्ट भएका छन्, ती सबैमा उनले हिजाब लगाएकी छिन् ।
मौलवीसँग विवाहः
अब सना खान आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले गुजरातमा मौलाना मुफ्ती अनससँग विवाह गरेको व्यापक चर्चा छ जसको एउटा भिडियो असाध्यै चर्चामा आएको छ ।
्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण