माधव नेपालविरुद्धको रिट सर्वोच्चको हेर्न नभ्याइने सूचीमा
काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालबिरुद्ध मुद्दा दायर नभएको बिषयमा अधिवक्ता बालकृष्ण न्यौपानेले हालेको रिटको सुनुवाई आइतबार भएन । न्यौपानेले २०७६ माघ २२ मा दायर गरेको रिटको पेसी आइतबारलाई तोकेर सर्वोच्चले उक्त रिटलाई अग्राधिकार दिएको थियो । तर अग्राधिकार प्राप्त रिटलाई सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राखेको छ ।
अख्तियारले भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै न्यौपाानेले रिट दायर गरेका थिए ।
जसको पेशी आइतबारलाई तोकिएको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासमा उक्त रिटको सुनुवाई हुँदै थियो । तर रिटको सुनुवाई नगरी सर्वोच्च्ले हेर्न नभ्याइने सूचीमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण